सम्झनाको शव ८ दिनपछि आफन्तले बुझेर दाहसंस्कार गरे


बझाङ । बलात्कारपछि हत्या गरिएकी बझाङको मष्टा गाउँपालिका २ की १२ बर्षीय सम्झाना कामीको आठ दिनपछि आफन्तले शव बुझेका छन् ।
जिल्ला अस्पतालमा राखिएको शवलाई बुधबार आफन्तले बुझेर चैनपुरस्थित बाउली गाड खोलामा दाहसंस्कार गरिएको बालिकाका हजुरबुवा गोरख कामीले जानकारी दिए ।

प्रहरीले सम्झनाका हत्यारालाई सार्वजनिक गरेको र आरोपीतले हत्या स्विकार गरेकाले न्याय पाउने आशामा नातिनीको शव बुझेर सदगत गरेको गोरखले बताए ।

हत्यारालाई कुनै वाहानामा उम्काउने हुनकी भन्ने आशंका रहकोले अदालतबाट अन्तिम फैसला नआउँदासम्म न्यायका लागि संर्घष जारी राख्ने उनको भनाई छ ।

मङ्गलबार जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वदलीय बैठकमा समेत आफन्तले बालिकाको शव बुझ्ने सहमति भएको थियो । नेपाल सरकार गृह मन्त्रालयका सचिवले फोनमार्फत बालिकाका आफन्तलाई १० लाख रुपैयाँ दिने निर्णय भएको बझाङका सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी रामबहादुर सार्कीले बताए ।

सम्झनाका हत्यारालाई हदैसम्मको कारवाहीका लागि देशभर दवावमुलक सभा, प्रर्दशनहरु भइरहेका छन् । समाजमा दिनदिनै बलात्कारका घटना बढिरहेकाले त्यसको न्युनिकरणका लागि कानुन संशोधन गरेरै बलात्कारीलाई फाँसीको सजाय दिनुपर्ने चौतर्फी आवाज समेत उठिरहेको छ । यस बिषयमा महिला सांसद, अधिकारकर्मीहरुले सरकारको ध्यानाकर्षण गराइरहेका छन् ।

यो पनि पढ्नुहोस

सम्झनाको बलात्कारपछि हत्याबारे सभामुखको ध्यानाकर्षण

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार