बझाङ । बझाङको मष्टा गाउँपालिका २ की १२ बर्षीय सम्झाना कामीका हत्या आरोपी राजेन्द्र बोहराले आफैले हत्या गरेको स्विकार गरेका छन् ।
राजेन्द्रले प्रहरीलाई दिएको वयानअनुसार उनले मन्दिरभित्र रहेको त्रिशूलले हिर्काएर सम्झनाको हत्या गरेका हुन् ।
मंगलबार पत्रकार सम्मेलन गरी उनलाई सार्वजनिक गरिसकेपछि आफैले हत्या गरेको स्वीकार गरेको बझाङ प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक रूपक खड्काले बताए ।
डिएसपी खड्काकाअनुसार राजेन्द्रले सम्झनालाई हिर्काएर हत्या गर्दा प्रयोग गरेको त्रिशूल मन्दिर छेउमा रहेको रुखको जरामुनी लुकाइएका थिए ।
असोज ७ गते साँझ सम्झनाको बलात्कारपछि हत्या गरिएको अवस्थामा स्थानिय सिम मन्दिरभित्र अर्धनग्न अवस्थामा शव भेटिएको थियो । घटना भएको अर्को दिन राजेन्द्रलाई गाउँमा घरभित्र लुकेको अवस्थामा प्रहरीले पक्राउ गरेको थियो ।
यो पनि पढ्नुहोस