
काठमाडौं । पूर्वरानी कोमल शाहलाई आइसियूमा राखेर उपचार सुरु गरिएको छ । कोरोना भाइरसबाट संक्रमित शाहमा अक्सिजनको मात्रा कम देखिएपछि आइसियूमा उपचार सुरु गरिएको हो ।
अहिले उनलाई हाई फ्लो अक्सिजनको सपोर्टमा राखिएको अस्पतालले जनाएको छ । उनको स्वास्थ्य अवस्था भने सामान्य रहेको बताइएको छ ।
कोरोना संक्रमण पुष्टि भएपछि पूर्वराजा ज्ञानेन्द्र शाह, उनकी पत्नी कोमल र छोरी प्रेरणाको उपचार काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा भइरहेको छ ।
पूर्वराजपरिवारलाई बैशाख ७ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।











