फेरि बढ्न थाल्यो कोरोना संक्रमण, एकैदिन ३१ सय बढीमा संक्रमण पुष्टि


काठमाडौं । पछिल्लो केही दिन यता कोरोना संक्रमितको संख्या बढ्न थालेको छ । पछिल्लो २४ घण्टामा थप ३ हजार ११४ जनामा कोरोना संक्रमण भएसँगै संक्रमितको संख्या बढ्न थालेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १०६२५ पीसीआर परीक्षणमा २३०९ र ४२८५ एन्टिजेन परीक्षणमा ८०५ जना गरी ३११४ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १६ जनाको मृत्यु भएको छ र २१९७ जना संक्रमणमुक्त भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार