
बागलुङ । बागलुङमा बुधबार राति आएको बाढीले बगाएकामध्ये १४ जनाको शव भेटिएको छ । जिल्लाको ढोरपाटन नगरपालिका ९ बोबाङमा बाढीले घर बगाउँदा बेपत्ता भएकामध्ये १४ जनाको शव भेटिएको हो ।
१४ जनामध्ये ४ जनाको शनाखत भएको छ । सनाखत भएकाहरु ढोरपाटन–९ की २६ वर्षकी केशमाया विक, ४५ वर्षीय विरे विक, २२ वर्षीय जीवन विक र ११ वर्षीय डल्ले विक रहेको प्रहरीले जनाएको छ। शव भेटिएका १० जनाको अझै सनाखत हुन सकेको छैन् । पहिरामा अझै २४ जना बेपत्ता भएका छन् ।
प्रहरी र स्थानियले बेपत्ताको खोजी जारी राखेका छन् । अहिलेसम्म बाढीले ४० घर बगाएको स्थानियले बताएका छन् ।












