आज २७औं विश्व आदिवासी दिवस मनाइँदै


काठमाडौँ । आज २७औं विश्व आदिवासी दिवस मनाइँदैछ । हरेक बर्ष अगष्ट ९ तारिकमा विश्वभर रहेका आदिवासीहरुले दिवसका अवसरमा सभा, गोष्ठी, र्याली, विभिन्न कार्यक्रम गरेर मनाउने गर्छन् । “कसैलाई पछि नछोडौंः आदिवासी जनजाती र नयां सामाजिक सम्झौताका लागि आव्हान” भन्ने नाराका साथ विश्वभर यो बर्ष आलिवासी दिवस मनाइदैछ । तर, संसारभर कोरानाभाइरसको महामारी रहेकाले त्यस्ता कार्यक्रम भने हुन सकेका छैनन् ।

संयुक्त राष्ट्रसंघको सन् १९९४ डिसेम्बर २३ मा बसेको महासभाले पहिलो पटक ‘९ अगस्ट’लाई ‘विश्व आदिवासी दिवस’ का रूपमा मनाउने निर्णय गरेपछि यो दिवस संसारभर मनाउन थालिएको हो । सन् १९८२ मा आदिवासी बारेमा उठेका सवाल सम्बोधनका निम्ति कार्यदल गठन गरेको थियो । सोही कार्यदलको पहिलो बैठक अगस्त ९ मा बसेको थियो । कार्यदलको सुझावअनुसार सोही दिनको सम्झना गर्दै यो दिवस मनाउन थालिएको हो।

नेपालमा रहेका आदिवासी जनजातिहरुको हक अधिकार लागि २०४७ सालमा नेपाल आदिवासी जनजाति महासंघ गठन भएपछि हरेक बर्ष यो दिवस धुमधाम संग मनाइदै आएको छ ।

आदिवासी जनजातीहरु संगठित भएर संविधानमा केहि अधिकार सुनिश्चत भएपनि अझै पुर्णअधिकार नपाइएको भन्दै आवाज उठ्ने गर्दछ । संविधानले धर्मनिरपेक्षता, समावेशीता, समानुपातिक जस्ता मुद्धाहरु समेटेको भएपनि त्यसको कार्यान्वयनमा राज्य गम्भिर नरहेको आदिवासी जनजातिहरुको भनाई छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार