ईट्टाभट्टामा मान्छेहरु जिउँदै जलाएको आरोपमा थुनामा रेहका काँग्रेस नेता आलमको मुद्दा ‘हेर्न नमिल्ने’

काठमाडौं । पूर्वमन्त्री एवम् काँगेस नेता मोहम्मद आफताव आलमको रिट निवेदनमाथि सर्वोच्च अदालतमा मुद्दा ‘हेर्न नमिल्ने’ ठहर भएको छ । मुद्दाको सुनुवाइका लागि आज पेसी तोकिएको भएपनि इजलासले ‘हेर्न नमिल्ने’ ठहर गरेको हो ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय अनिलकुमार सिन्हा र कुमार चुडालको इजलासमा सुनुवाइ हुने गरी उक्त मुद्दाको पेसी तोकिएको भएपनि रिट निवेदन ‘हेर्न नमिल्ने’ ठहर भएको हो । उनको पेसी पटक पटक ताकए पनि सुनुवाई रोकिदै आएको छ ।

आलमलाई आफुलाई थुना मुक्त गरिपाउँ भनि रिट निवेदन गरेका थिए । उनलाई थुनामै राखेर सुनुवाइ प्रक्रिया अघि बढाउने गरी तल्लो अदालतले फैसला गरेको थियो ।

रौतहटको राजपुर नगरपालिका-४ फरहदवामा २०६४ चैत्र २७ गते भएको बम काण्डमा आलमलाई मुख्य आरोपित बनाइएको छ ।

पहिलो संविधानसभा निर्वाचनको अघिल्लो दिन चैत २७ गते साँझ आलमको घरछेउमै उनका काका सेख इद्रिसको गोठमा बम विस्फोट भएको थियो । संविधानसभाको चुनावमा धाँधली गरी चुनाव जित्नको लागि उनले गोठमा विष्फोटक पदार्थ भण्डार गरी बम बनाउने क्रममा विष्फोट भएको थियो ।

उक्त बम विष्फोटमा परी यमुनामाई गाउँपालिका–४ का श्रीनारायण सिंह राजपुतका २४ वर्षीय छोरा पिन्टु भन्ने त्रिलोकप्रताप सिंह र २२ वर्षीय ओसी अख्तरसहित १५,१६ जना घाइते भएका थिए भने केहीको ज्यान गएको थियो ।

घटना लुकाउन सांसद आलम र उनका भाइ महताव आलमले विष्फोटमा घाइते भएका तथा मृत्यु भएकाहरुलाई ट्याक्टरमा राखेर नजिकैको ईट्टाभट्टामा लगेर जिउँदै जलाएको आरोप छ । सोहि घटनाका मुख्य योजनाकार रहेको आरोपमा आलमलाई २०७६ असोज २७ गते पक्राउ गरी मुद्दा चलाएको थियो । उनि अहिले नख्खु कारागारमा छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार