सांसद मातृका यादव भन्छन्ः लिभिङ टुगेदर दर्ता गरिनुपर्छ

काठमाडौँ । नेकपा माओवादी केन्द्रका सांसद मातृका यादवले लिभिङ टुगेदरलाई कानुनी मान्यता दिनुपर्ने बताएका छन् । संसदको कानुन न्याय तथा मानवअधिकार समितिमा आज भएको छलफलमा सांसद यादवले लिभिङ टुगेदरलाई दर्ता गर्नुपर्ने बताएका हुन् ।

‘लिभिङ टुगेदरको पनि दर्ता गरियोस् । यो अस्थायी बिहे हो । चोरीचोरीकन बस्छन् र अपराध हुन्छ । यी विषयहरूलाई क्लियर गर्नुपर्छ’, सांसद यादवले भने । उनले विवाहको उमेर पनि घटाउनुपर्ने माग गरेका छन् । मुलुकी देवानी संहिता २०७४ मा केटा र केटी दुवैका लागि विवाह गर्ने उमेर २० वर्ष तोकिएको छ ।

विवादका सम्बन्धमा मधेसमा समस्याहरु रहेकाले उमेर घटाउनुपर्ने उनको तर्क थियो । ‘युरोपमा त पढ्छन् र ढिलो विवाह हुन्छ, हाम्रो मधेसमा त गरिबी छ । बढी उमेर भयो भने त गाह्रो हुन्छ । दाइजोलगायतले पनि गाह्रो हुन्छ, पढाउन गाह्रो छ’, सांसद यादवले भने ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार