दशैंको टिका थाप्न जाँदा प्रधानमन्त्री देउवाका भाइको घरमा लाखौंको चोरी


कैलाली । प्रधानमन्त्री शेर बहादुर देउवाका भाईको घरमा लाखौंको चोरी भएको छ । आज दिउँसो दशैंको टिका थाप्न आफन्तकोमा गएको बेला प्रधानमन्त्री देउवाका भरतबहादुर देउवाको घरमा चोरी भएको हो ।

कैलालीको धनगढी उपमहानगरपालिका-२ सन्तोशी टोलमा रहेको देउवाको घरबाट सुनका गरगहना र नगद चोरी भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

देउवाले प्रहरीलाई बताएअनुसार उनको घरबाट चार हजार नगद, करीब तीन तोला सुन र तीन तोला चाँदी चोरी भएको छ ।
चोरीबारे अनुसंन्धान भइरहेको कैलालीका प्रमुख प्रहरी एसपी विश्व अधिकारीले बताए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार