१० मिनेटको अन्तरमा सिन्धुपाल्चोकमा दुई पटक भूकम्प


काठमाडौं । सिन्धुपाल्चोकमा १० मिनेटको अन्तरालमा दुई पटक भुकम्प गएको छ । जिल्लाको पाङफुङ केन्द्रविन्दु भएर आज दिउँसो लगातार दुईवटा भूकम्प गएको राष्ट्रिय भूकम्प मापनकेन्द्रले जनाएको छ । मापनकेन्द्रका अनुसार १ बजेर ४६ मिनेट र १ बजेर ५६ मिनेट जाँदा समान ४.७ म्याग्निच्युडको भूकम्प गएको हो ।

भूकम्पको धक्का आसपासका जिल्लाहरु लगायत काठमाडौँ उपत्यकामा समेत महसुस गरिएको थियो । भूकम्पका कारण हालसम्म कुनै क्षतिको विवरण आएको छैन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार