सर्वोच्चको समस्या समाधान गर्न प्रधानमन्त्रीले पहल गर्नुपर्छ : अध्यक्ष नेपाल


धनगढी । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सर्वोच्च अदालतमा देखिएको समस्या समाधान गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले पहल गर्नुपर्ने बताएका छन् । बिहीबार धनगढीमा सुदूरपश्चिम प्रदेशको पार्टी कार्यालय उद्घाटनपछि सञ्चारकर्मीसँग  बोल्दै उनले यस्तो बताएका हुन् ।

अध्यक्ष नेपालले अहिले न्यायलयमा देखिएको समस्या समाधानका लागि पाँच दलीय गठबन्धन एकमत भएको समेत बताए । उनले भने, ‘हाम्रो पाँच दलको बैठक बस्यो,  बैठकले सर्वोच्च अदालतमा देखिएको समस्यालाई छिटो भन्दा छिटो समाधान गर्न सबै पक्षको ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।’

उनले प्रधानमन्त्रीले पनि यसका निम्ति आफ्नो तर्फबाट पहल गर्नुपर्ने बताएका छन् । पार्टी कार्यालय उद्घाटन गर्दै नेपालले आफ्नो पार्टीको झण्डा सुदूरपश्चिमबाट सुरु भएर पूर्वसम्म पुग्ने बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार