कक्षा १२ को नतिजा प्रकाशित


काठमाडौं । कक्षा १२ को परीक्षाको नतिजा प्रकाशित गरिएको छ । राष्ट्रिय परीक्षा बोर्डले आज नतिजा प्रकाशित गरेको हो ।

आज बिहान बोर्डको बैठक बसेर नतिजा सार्वजनिक गर्ने निर्णय गरेपछि नतिजा सार्वजनि भएको बताइएको छ । नतिजा नेपाल टेलिकमको वेबसाइटमा गएर हेर्न मिल्छ।

कक्षा १२ को परीक्षा गत भदौ ३० देखि असोज ८ गतेसम्म चलेको थियो। तीन लाख ८५ हजार विद्यार्थीले परीक्षा दिएका थिए।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार