
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा ९एमाले०ले संसदीय दलको बैठक बोलाएको छ । आज दिउँसो ३ बजे दलको बैठक बोलाइएको एमाले जनाएको छ।
संसद अधिवेशनको भोलिपल्ट एमालेले डाकेको बैठकलाई उसले नियमित बैठक भनेको छ । सरकारले हिजो संसद अधिवेशन अन्त्य गरेको थियो । एमालेले १४ सांसदलाई कारवाहीको माग गर्दै संसद अवरोध गर्दै आएको थियो ।
एमालेको हिजो बसेको एमालेको सचिवालय समितिको बैठकले चैत ९ र १० गते केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय समेत गरेको छ ।











