
काठमाडौ । आज पहाडी क्षेत्रमा धुमधामसंग होलीपर्व मनाइएको छ । होलीको अवसरमा काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा सर्वसाधारणले एकअर्कालाई रंग, अबिर लगाएर शुभकामना आदानप्रदान गरेका छन् । तर, होलीमा उच्छृङ्खल कृयाकलाप गर्ने ४२ जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौंका विभिन्न ठाउँबाट उनिहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
होली खेल्ने नाममा अमर्यादित गतिविधि गरेको भन्दै उनिहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी कार्यालय, रानीपोखरीले जनाएको छ।
प्रहरीका अनुसार काठमाडौ उपत्यकाको न्युरोडबाट १६ जना, काँडाघारीबाट १३ जना, महाराजगन्जबाट ८ जना, सोह्रखुट्टे एरियाबाट ३ जना, दरबारमार्गबाट १ र स्वयम्भूबाट १ जनालाई पक्राउ गरिएको छ। उनिहरुले होलीको नाममा अरुलाई जबर्जस्ती लोला हान्ने, रंग दल्ने र महिला, पुरुषमथि दुव्र्यहार गरेको पाइएको प्रहरीको भनाई छ ।
उनिहरुमाथि आवश्वक कारवाही हुने महानगरीय प्रहरी कार्यालय, रानीपोखरीका प्रवक्ता (एसपी) सन्तोषसिंह राठौरले बताए ।









