मुख्यमन्त्री कार्यालय अगाडि मुल्‍य वृद्धिविरुद्ध प्रदर्शन

विराटनगर । प्रदेश १ को मुख्यमन्त्री कार्यालय अगाडि उपभोक्ताले खाली सिलिन्डर राखेर मृल्यवृद्धिको विरोध गर्दै प्रदर्शन गरेका छन् ।
इन्धन लगायत खाना पकाउने ग्यासमा सरकारले मुल्यवृद्धि गरेको विरोधमा आज विराटनगरस्थित मुख्यमन्त्रीको कार्यालय अगाडी उपभोक्ताहरुले प्रदर्शन गरेका हुन्।

पछिल्लो पटक सरकारले एकैचोटी खाना पकाउने ग्यासमा रु. २ सय, पेट्रोलिय पदार्थमा प्रतिलिटर १० रुपैयाँ मुल्यवृद्धि गरेपछि त्यसको विरोध भइरहेको छ ।

मुल्य वृद्धिले सर्वसाधारणलाई सास्ती दिएकाले तत्काल फिर्ता हुनुपर्ने भन्दै उपभोक्ताहरुले प्रर्दशन गरेका हुन् । मृल्य वृद्धिको विरोधमा काठमाडौं पनि उपभोक्ताहरुले प्रर्दशन गरेका छन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार