राष्ट्रपतिद्धारा नागरिकता विधेयक संसदमै फिर्ता

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक संसदमै फिर्ता पठाइदिएकी छन्।

आइतबार साँझ राष्ट्रपति कार्यालयले एक प्रेस विज्ञप्ति जारी गर्दै नागरिकता विधेयकमा संघीय संसदले पुनर्विचार गर्न आवश्यक भएकाले राष्ट्रपतिद्धारा प्रतिनिधिसभामा फिर्ता पठाएको जानकारी दिएको हो ।

प्रतिनिधिसभा र राष्ट्रिय सभाले जन्मका आधारमा नेपाली नागरिकता पाएकाहरुका सन्तानले वंशजको नागरिकता पाउने र आमाको नामबाट नागरिकता लिन पाउने व्यवस्थासहित नागरिकता विधेयक पारित गरेर राष्ट्रपतिसमक्ष पठाएको थियो ।

उक्त विधेयकमा विदेशी बुहारीलाई नागरिकता दिने प्रावधानबारे विवाद थियो । नागरिकता वितरण प्रणाली खुकुलो हुँदा खुला सिमानाको फाइदा उठाउँदै गैर नेपाली नागरिकको घुसपैठ हुने खतरा बढ्ने भन्दै त्यसतर्फ सचेत हुनुपर्ने आावज उठ्दै आएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार