गठबन्धनको वहुमत निश्चित छ, एतिहासिक अवसर गुम्न दिनु हुन्न– प्रचण्ड


चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री प्रचण्डले सत्ता गठबन्धनको वहुमत निश्चित भएको बताएका छन् ।
चितवनमा आयोजित गठबन्धनको संयुक्त चुनावी सभालाई आज संवोधन गर्दै अध्यक्ष प्रचण्डले काँग्रेस र कम्युनिष्ट मिलेर बनेको सत्ता गठबन्धनले आगामी चुनावमा वहुमत ल्याउने निश्चित रहेको बताएका हुन् ।

उनले काँग्रेस र माओवादी लगायतका पाँच दलहरु मिलेर बनेको सत्ता गठबन्धन एक एतिहासिक अवसर भएकाले यसलाई गुम्न दिन नहुनेमा जोड दिए । सत्ता गठबन्धन सरकार बनाउन मात्र निमार्ण नभएको बताउँदै अध्यक्ष प्रचण्डले गठबन्धनले संविधानको रक्षा गर्दै विकास र समृद्धीको लक्ष्य लिएको बताए ।

उनले गठबन्धनका शिर्ष नेताहरुबीच थुर्पै छलफलपछि मात्र गठबन्धन निमार्ण भएको र यसको उदेश्य संविधानको रक्षा गर्दै तिर्वरुपमा विकास र समृद्धीतर्फ देशलाई लैजाने भएको थप प्रष्ट पारे । देशमा शान्ति र संविधान काँग्रेस र माओवादी शक्ति मिलेरै आएकाले अब देशको विकास र समृद्धी पनि यि दुबै शक्ति मिलेर नै हुने उनको भनाई छ ।

अध्यक्ष प्रचण्डले २०७४ को चुनाव आफुले चितवन क्षेत्र नं. ३ बाट जितेर यहाँको विकास निर्माण र रोजगारीमा थुर्पै काम भएको दावी पनि गरे । चितवनमा आफुले निमार्ण गरेका केहि विकास पुर्वाधारहरु अधुरो रहेकाले आफु यस क्षेत्रमा नभए पनि ति योजनाहरु सम्पन्न हुनेमा विश्वस्त रहेको उनले बताए । अध्यक्ष प्रचण्डले आफुले चितवनको माया मारेर गोरखा नगएको बताउँदै चितवनको विकासका लागि आफु सधै तत्पर रहने विश्वास व्यक्त गरे ।

उनले आफुले रोल्पा, काठमाडौ, सिराहा, चितवनमा चुनाव जितेर जनताको पक्षमा काम गरेको भएरै गोरखाका जनताले बोलाए पनि बताए ।
आफु गोरखा जानु बिशेष अर्थ रहेको उनको भनाई छ। चितवनका तिनै क्षेत्रमा गठबन्धनका उम्मेदवारहरुलाई मतदान गर्न अपिल गर्दै प्रचण्डले गठबन्धनभित्रका दलहरुले आफ्ना आन्तरिक समस्याहरु भएमा त्यसलाई हल गरेर गठबन्धनलाई वहुमतले जिताउन आग्रह गरे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार