माधव नेपाल र अमेरिकी राजदूतबीच शिष्टाचार भेटघाट


काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका नवनियुक्त राजदूत डिन थम्पसनले शिष्टाचार भेटघाट गर्नुभएको छ ।

समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा आज राजदूत थम्पसनले अध्यक्ष नेपालसंग शिष्टाचार भेट गरेका हुन् ।

भेटघाटमा अध्यक्ष नेपालले राजदूतलाई पार्टी केन्द्रीय कार्यालयमा हार्दिक स्वागत गर्दै उनको कार्यकाल सफलताको शुभकामना दिएका छन । अध्यक्ष नेपाल र राजदूत थम्पसनबीचको भेटघाटमा नेपाल र अमेरिका सम्बन्धका विविध विषयमा कुराकानी भएको अध्यक्ष नेपालको सचिवालयले जनाएको छ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार