काठमाडौँ । भारतको नयाँ राजनीतिक नक्सामा नेपाली भूमि मिचिएको भन्दै चौतर्फि विरोध भएपछि भारतले आफ्नो धारणा सार्वजनिक गरेको छ । पत्रकार सम्मेलनमा भारतले आफुले नेपालको भूमि नमिचिएको दाबी गरेको छ।
सम्मेलनमा भारतीय विदेश मन्त्रालयका प्रवक्ता रवीशकुमारले नयाँ नक्साले भारतको यथार्थ सार्वभौम क्षेत्रलाई समेटेको दावी गर्दै, कुनै पनि हिसाबले नेपाल भारत सीमा परिमार्जन नगरिएको बताएका छन् ।
प्रवक्ता कुमारले नेपालसँग जोडिएका सीमा व्यवस्थित गर्न दुइदेशीय संयन्त्रले काम गरिरहेको भन्दै द्विपक्षीय सम्बन्धका आधारमा सम्वादमार्फत समाधान खोज्ने प्रतिबद्धता समेत जनाए।
यसअघि बुधबार नेपाल सरकारले नेपाली भूमि भारतीय नक्सामा समेटिएको बेला आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको थियो ।











