
काठमाडौं । नयां बन्ने मन्त्रिमण्डलमा सीके राउत नेतृत्वको जनमत पार्टीले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी पाएको छ । आज बिहान संसद भवनमा बसेको सात दलिय सत्ता गठबन्धनले जनमतलाई उक्त मन्त्रालय दिने निर्णय गरेको हो ।
अध्यक्ष राउतले पार्टीका उपाध्यक्ष एम् प्रवक्ता अब्दुल खाँलाई उक्त मन्त्रालयको जिम्मेवारी सम्हाल्न सरकारमा पठाउने तयारी भएको जानकारी दिए। ३६ वर्षीय खान जनमतबाट समानुपातिक सांसदमा निर्वाचित भएका हुन् । उनको बर्दियाको गुलरिया स्थायी घर हो । जनमत पार्टीले प्रतिनिधिसभा चुनावमा प्रत्यक्षतर्फ १ र समानुपातिकतर्फ ५ सिट जितेको थियो।
नवनियुक्त प्रधानमन्त्री प्रचण्डसहितका गठबन्धन दलबाट मन्त्रीहरूले आजै अपराह्नन् ४ बजेपछि शितल निवासमा शपथ लिने कार्यक्रम तय भएको छ ।







