कंचनपुरमा १५ लाख भारतीय रुपैयाँ र गरगहनासहित ३ जना पक्राउ


कंचनपुर। कंचनपुरमा १५ लाख भारतीय रुपैयाँ र गरगहनासहित ३जना पक्राउ परेका छन् ।

पुनर्वास नगरपालिका ४ को आनन्द बजार नजिकैको कार्गिल डाँडाबाट १५ लाख २८ हजार भारतीय रुपैयाँ र गरगहनासहित
सहित सशस्त्र प्रहरीको गस्ती टोलीले ३ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा कैलालीको गोदावरी नगरपालिका ८ का २९ वर्षीय अम्मर भुल, ३९ वर्षीय खड्कसिंह भुल र डडेल्धुराको आलिताल गाउापालिका ४ का २४ वर्षीय वीरेन्द्र सार्की रहेको सशस्त्र प्रहरी बल नम्बर ३५ गण कंचनपुरले जनाएको छ। उनिहरुसंग भएको रुपैंया र गरष्गहनाकोस्रोत नखुलेकाले पक्राउ गरी अनुसंन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार