
काठमाडौं । राप्रपाका सांसद ज्ञानेन्द्र शाहीविरुद्ध माइतीघरमा नाराबाजी भएको छ। मिटर ब्याज पीडितहरुको आन्दोलनमा ऐक्यबद्धता जनाउन आज माइतीघर पुगेका सांसद शाहीविरुद्ध पीडितहरुले राजावादी र सामन्तवादी भन्दै नाराबाजी गरेका हुन् ।
पीडितहरुले आफुहरुको आन्दोलन साहु महाजन र सामन्तीविरुद्ध भएकाले कुनै राजावादी, सामन्तवादीको समर्थन र ऐक्यबद्धता नचाहिने भन्दै सांसद शाहीलाई फिर्ता पठाएका थिए ।
मधेस प्रदेशबाट पाइदल हिड्दै काठमाडौं पुगेका मिटर ब्याज पीडितहरुले आज बिहान टंगालमा धर्ना बसेर भद्रकाली हुँदै माइतीघर मण्डलामा पुगेर फेरि धर्नामा बसेका छन् ।
काठमाडौं आएका मिटर ब्याजी पीडितका समस्या समाधानका लागि सरकारले वार्ता टोली गठन गरेको र प्रधानमन्त्री प्रचण्डले पीडितलाई छिट्टै भेट्ने तयारी भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । कानुन बनाएर भएपनि पीडितलाई न्याय दिन प्रधानमन्त्री प्रचण्डले सम्बन्धित निकायलाई निर्देशन दिइसकेको उनको सचिवालयले जनाएको छ ।
भिडियो हेर्नुहोस











