कैलाली । कैलालीमा मदिरा सेवन गरेर एक जनाको मलद्वारमा बोतल घुसाइएको छ । धनगढीको फूलबारीका ६१ वर्षीय जमनसिंह रोकामगरको मलद्वारमा मदिराको बोतल घुसाइएको हो । आज एक्कासी पेट दुखेपछि धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचार गर्न गएका रोकामगरको एक्सरे गर्दा पेटमा रक्सीको बोतल देखिएको अस्पतालले जनाएको छ ।
केही दिनअघि मदिरा सेवन गर्ने क्रममा साथीले मलद्वारबाट बोतल पेटमा घुसाइदिएको उनले चिकित्सकलाई बताएका छन् । उनको उपचार भइरहेको र अवस्था खतरापुर्ण रहेको अस्पतालले जनाएको छ । यसअघि गत फागुनमा रौतहटको चन्द्रपुर नगरपालिका–१० का २६ वर्षीय नर्साद मन्सुरीको पेटमा पनि मदिरा सेवन गरेर साथीले बोतल घुसाइदिएका थिए । उनको चितवनको भरतपुरस्थित पुरानो मेडिकल कलेजका शल्यक्रिया गरेर पेटभित्रको बोतल निकालेको थियो ।