कतारको पुलिसमा जागिर लगाइदिने भन्दै ६३ लाख ठगी गर्ने दाहाल पक्राउ


काठमाडौं । कतारको पुलिसमा जागिर लगाइदिने भन्दै लाखौं रकम ठगेको आरोपमा एक जना पक्राउ परेका छन् ।
प्रहरीकाअनुसार पक्राउ पर्नेमा सप्तरीको कञ्चनरुप नगरपालिका ४ घर भई हाल काठमाडौंको टोखा बस्‍ने ४१ वर्षीय पूर्णकुमार दाहाल रहेका छन् ।

उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धानको टोलीले झापाको भद्रपुरबाट पक्राउ गरेको हो । पक्राउ परेका उनीमाथि थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर पठाइएको छ ।

उनले टोखा बस्‍ने चन्द्रबहादुर खत्रीसमेत गरी १८ जनालाई कतारमा वैदेशिक रोजगारीका लागि पठाइदिन्छु भन्‍दै प्रतिव्‍यक्ति ७ लाखका दरले ६३ लाख रुपैयाँ लिई सम्पर्कविहीन भएको प्रहरीको आरोप छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार