काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री एवम् संघीय सांसद गगन थापाले नक्कली भुटानी शरणार्थी प्रकरणमा गृह प्रशासनको प्रयास प्रशंसनीय भएको बताएका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानका क्रममा ‘ठगी गिरोहको भिआइपी जालो’ उजागर हुँदै गएको संघीय सांसद समेत रहेका थापाले बताएका छन् ।
‘यो प्रकरणबारे सामाजिकसंजालमार्फत प्रतिकृया दिदैं नेता थापाले भनेका छन्, ‘नक्कली भुटानी शरणार्थी बनाएर लैजाने ठगी प्रकरणको अनुसन्धानका क्रममा ‘ठगी गिरोहको भिआइपी जालो’ उजागर हुँदै गएको छ। यो प्रकरणमा गृह प्रशासनको प्रयास प्रशंसनीय छ’,।
यो घटना मात्र नभएर प्रवृत्ति भएको भन्दै उनले नक्कली भुटानी शरणार्थी प्रकरणको गहिरोसँग अनुसन्धान गर्न उनले आग्रह समेत गरेका छन् । घटनामा जस्तो सुकै ब्यक्ति र ओहदामा बसेको भएपनि कानूनी सजाय हुनुपर्ने थापाको भनाई छ ।
‘यो घटना होइन प्रवृत्ति हो। अझै गहिरोसँग अनुसन्धान होस्। कोही नछुटुन। संलग्न जोसुकै, जुनसुकै ओहदा र शक्तिको होस्, कानून भन्दा माथि कोही हुँदैन,’ उनले भने ।
यो प्रकरणमा प्रहरीले एमाले सचिव टोपबहादुर रायामाझी र उनका छोरा, नेपाल सरकारका सचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापाका छोरा, उनका सुरक्षा सल्लाहकार इन्द्रजित राई र उनका छोरालाई पक्राउ गरिएको छ।
प्रकरणका नाइकेहरू केशव दुलाल, सानु भण्डारी, टंक गुरुङ, सन्देश शर्मा पोखरेल र सागर थुलुङ राई पक्राउ परेपछि उनीहरूको बयान र बरामद कागजातका धारमा प्रहरीले उनीहरुलाई पक्राउ गर्नसफल भएको हो । प्रहरीले उनिहरुलाई हिरासतमा राखेर अनुसंन्धान गरिरहेको छ ।