रोमानिया र माल्टा कामदार पठाउन खोज्ने कन्सल्टेन्सीका काजगाज विभागद्धारा जफत


काठमाडौँ । रोजगारीका लागि रोमानिया र माल्टा लगायतका देशमा कामदार पठाउन खोज्ने काठमाडौंको एक कन्सल्टेन्सीका कागजात जफत गरिएको छ । वैदेशिक रोजगार विभागको टोलीले काठमाडौंको कलंकीस्थित युनिम्याक्स एजुकेसन कन्सल्टेन्सी प्रालिमा छापा हानी काजजात जफत गरेको हो ।

कन्सल्टेन्सीले वैदेशिक रोजगारीका लागि रोमानिया, माल्टा लगायतका देशमा कामदार पठाउने भन्दै सामाजिक सञ्जालमार्फत विज्ञापन गरेको आधारमा विभागले छापा हानेको हो ।

विभागको टोलीले कन्सल्टेन्सीबाट ३ थान ल्यापटप, २० थान स्क्यानिङ पासपोर्ट, ३ थान डिमान्ड लेटर लगायतका कागजात जफत गरेको जनाएको छ ।

उक्त कन्सल्टेन्सीहरूले टिकटक तथा फेसबुकको प्रयोग गरी गैर कानुनी रूपमा सूचना दिने गरेको र त्यही आधारमा लाखौं रुपैयाँ लिने गरेको पाइएको विभागको भनाई छ। कन्सल्टेन्सीले कम्तीमा ५० हजारदेखि एक लाख अग्रिम असुल गरेको समेत पाइएको विभागले जनाएको छ ।

पछिल्लो समय कन्सल्टेन्सीमार्फत वैदेशिक रोजगारीमा पठाउने भन्दै ठगीमा परेको गुनासोहरु आइरहेको समेत विभागले बताएको छ।

भिडियो सामाग्री पनि हेरौं

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार