जुम्लामा नुनका लागि झगडा, डिपोमा तोडफोड


जुम्ला । जुम्लाको नुन डिपोमा तोडफोड गरिएको छ । सहजरुपमा नुन नपाएको भन्दै उपभोक्ताहरुले डिपोमा तोडफोड गरेका हुन्। नुनका लागि लाइनमा लागेका व्यक्तिहरुले सहजरुपमा नुन नपाएपछि आक्रेषित हुँदै डिपैमा ढुंगामुढा गरेका थिए ।

नेपाल साल्टट्रेनिङ कार्यालय जुम्लामा प्रमुख खगेन्द्रबहादुर मल्लले नुन वितरण भइरहेको समयमा लाइनमा रहेका ब्यक्तिहरुले ढुंगामुढा गरेको बताए ।
नुन कम भएकोले यसअघि तीन प्याकेटका दरले वितरण गर्ने गरिएको थियो । तर, यसपटक ५ प्याकेटका दरले बाँड्न सुरु गरिएको थियो ।

नुन वितरण सहजताका लागि वडाबाटै वितरण गर्ने गरी चाँडै काम अगाडि बढाइने प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले बताए। नेपाल साल्टट्रेनिङ कर्पोरेश जुम्लाका प्रमुख मल्लले अहिले नुनको खासै अभाव नभएको बताए ।

गत वर्ष जुम्लाका लागि २ हजार ५ सय क्विन्टल नुन स्वीकृत भए पनि भर्खरै मात्र २ हजार ८० क्विन्टल नुन थप भएकाले अभाव नभएको मल्लले बताए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार