बझाङमा दलितको बन्दै गरेको घर भत्काईदिएको घटनाविरुद्ध धरानमा खबरदारी कार्यक्रम


धरान । जनता समाजवादी पार्टी,शिल्पी विशेष समिति प्रदेश १ ले धरानमा बझाङमा दलित समुदाएका एक व्यक्तिको बन्दै गरेको घर भत्काईदिएको घटनाका विरुद्ध खबरदारी कार्यक्रम सम्पन्न गरेको छ । बाहुनको घर छेउमा दलितले घर बनाएको भन्दै पुड्के ओखेडाको बन्दै गएको घर भत्काएको विरोधमा खबरदारी कार्यक्रम गरिएको हो ।

कार्यक्रममा शिल्पी विशेष समिति प्रदेश १ ले विज्ञप्त मार्फत पीडितलाई न्याय दिलाउन र पीडकलाई हदैसम्मको कारबाहीको माग समेत गरेको छ । सो अवसरमा विभिन्न राजनीतिक दलका दलित भातृसंगठन तथा दलित अधिकारकर्मीहरुले खबरदारी गर्दै बझाङ जिल्लाका दलित माथि गरेको अन्यायलाई राज्यले न्याय नदिएको खण्डमा देश व्यापी रुपमा आन्दोलन गर्ने चेतावानी दिएका छन् ।

कार्यक्रममा बोल्दै दलित अधिकारकर्मी तथा जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य एवम् शिल्पी विशेष प्रदेश समितिका सह–ईन्चार्ज दलमर्दन कामीले भने,‘संविधान र कानुन व्यवहारतस् अझै पनि कार्वान्वयन हुन सकेको छैन,दलितहरुलाई राज्यले नै उपेक्षा गरेको छ , पटक पटक दलितहरुलाई विभेद र जातका आधारमा गरिने अमानवीय व्यवहारमा राज्य समेत उदासिन भएको छ,संविधान र कानुन कार्यान्वयन नगरेको खण्डमा फलाम कुट्ने दलितहरु अब हातमा औजार लिएर उठ्ने चेतावनी दिनुभयो ।’

साथै उनले मठ मन्दिर बनाउँने दलित बनाईएका शिल्पी समूदायलाई नै यो हिन्दु वर्णाश्रमवादी ब्यवस्थाका आधारमा यो राज्य सत्ता र कथित उच्च जात भनाउनेहरुले हाम्रा भाईछोरा,छोरीहरुलाई मन्दिरमा पस्दा हत्या गर्ने,अन्तरजातीय विबाह गर्दा मारिनु पर्ने,घर जलाउने लगायतका कार्यहरु यसरी नै निरन्तर रहिरहे हाम्रा आरनहरु विद्रोह शाला र फलाम कुट्ने घनले मन्दिरहरु भत्काउन र टाउकोमा हान्न बाध्य हुने चेतावनी समेत दिएका छन् ।
त्यस्तै कार्यक्रममा धरान ६ का लाखबहादुर सार्कीको न्यायका लागि धरानका मेयर र उपमेयरको ध्यानाकर्षण समेत गराउँदै तत्काल पहल नगरिए त्यसका विरुद्ध संघर्ष गरिने जानकारी समेत गरिएको छ ।

कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधीहरुले दलितहरु माथि भएको विभेद र घट्नाका विषयमा न्याय दिलाउनको लागि प्रतिवद्धता जनाएका छन् । जनता समाजवादी पार्टी नेपालका धरान उपमहानर अध्यक्ष ताजुव लिम्बुले बझाङ्ग घटनाका दोषीलाई कार्वाही गर्नको लागि माग गर्दै भने,‘घर भत्काउनेलाई राज्यले हदैसम्मको कडा कारबाही गर्नुपर्दछ र घर पुनः निर्माण गरि न्याय दिलाउनु पर्छ।’

त्यसै गरि दलित अधिकारकर्मी भविन्द्र विश्वकर्माले नेपालको संविधान र कानुनलाई राज्यले कार्यान्वयन गर्न नसक्दा दलितहरुमाथि सदियौंदेखि जातीय विभेद र छुवाछुत अनि अन्यायको घट्ना भएको भन्दै राज्यप्रति आक्रोस पोखे । उनले पश्चिममा दलितहरु माथि हत्या हिंसा र विभेद घट्नाले ठुलो रुप लिन थालेको भन्दै अब दलितहरु चुप लागेर नबस्ने बताए ।

त्यस्तै कार्यक्रममा दलित अधिकारकर्मी विजय आछामीले पनि बझाङमा दलित माथि भएको घट्नाको दोषीलाई कडा भन्दा कडा कार्वाही गर्नु पर्ने भन्र्दै, पीडितउपर राज्यले क्षतिपुर्ति दिएर न्याय दिलाउनु पर्ने माग गरेका छन् ।

बझाङ जिलाको वित्थडचिर गाउँपालिका वडा नं ७ बस्ने दलित थरका पुड्के ओखेडाले बिगत २५ बर्षदेखि भोगच लन गर्दै आएको आफ्नै जग्गामा घर बनाउँदा त्यहाँका उपल्लो जातिका मानिसहरूले दलित भएकै कारण तथानाम गाली गलौज गरि बालीनाली समेत नष्ट गरि तलाई हामी भन्दा माथी बस्ने अधिकार छैन भन्दै गाउँ नै मिलेर घर पूर्ण रुपमा नष्ट गरिदिएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार