काठमाडौँ । सोमबार बिहानसम्म जाजरकोटमा ३ सय ८२ वटा स–साना परकम्पहरू गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । गत शुक्रबार राति जाजरकोटमा गएको ६.४ म्याग्निच्युडको भूकम्पपछि अधिकांश परकम्पहरू भूकम्पको केन्द्रबिन्दु रहेको रामिडाँडा आसपास गएका छन् ।
शुक्रबार रातिको भूकम्प यता ४ म्याग्निच्युड माथिका सातवटा परकम्प गएका छन् । कार्तिक १८ गते ४.५, ४.२, ४.३, ४.६ र ४.२ म्याग्निच्युडको भूकम्प गएको थियो । कार्तिक १९ गते ४ र ४.१ म्याग्निच्युडका दुई परकम्प गएको थियो ।
शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिममा ठुलो जनधनको क्षेति भएको छ ।