
काठमाडौं । काठमाडौंको तीनकुने घटनामा परेर मृत्यु भएका पत्रकार सुरेस रजकको परिवारलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ३ लाख रुपैया सहयोग गरेको छ ।
आज पार्टीका तेस्रो स्थापना दिवसको अवसरमा पत्रकार रजकको परिवारलाई रास्वपाले आर्थिक सहयोग गरिएको हो ।
पीडित परिवारलाई रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटी, कोषाध्यक्ष लिमा अधिकारी र कोष ब्यबस्थापन बिभागका सदस्य जगदीश खरेलले पत्रकार रजकको घर पुगेर परिवारजनलाई तीन लाखको चेक हस्तान्तरण गरेका छन् ।
रास्व्पाले आगामी दिनमा पत्रकारको सुरक्षा प्रति राज्य संयन्त्र, राजनीतिक दल र आन्दोलनकारी जिम्मेवार रहन माग समेत गरेको छ ।
गत चैत १५ मा तीनकुनेमा राजावादीले गरेको हिंसात्मक आन्दोलनमा पत्रकार रजकको जलेर मृत्यु भएको थियो ।
तीनकुनेको सडक छेउमा रहेको एउटा घरभित्रबाट आन्दोलनको दृष्य खिचिरहेका बेला प्रर्दशनकारीले उक्त घरमा आगो लगाएपछि रजकको जलेर मृत्यु भएको थियो ।
घटनामा संलग्न राजावादीहरुलाई प्रहरीले पक्राउ गरि मुद्धा चलाएको छ ।













