रुकुम । विप्लवमाथी सरकारले प्रतिबन्द्ध गरेसंगै उनका दर्जनौं नेता कार्यकर्ताहरु पक्राउ हुनेक्रम रोकिएको छैन । साथै कतिपय नेता कार्यकर्ताहरुले आत्मसम्र्पण पनि गरिरहेका छैन ।
शुक्रबार रुकुममा पनि विप्लवका चार नेताले आत्मसमर्पण गरेका छन् । आत्मसमर्पण गर्नेमा रोल्पाको भूमे गाउँपालिका ६, का २४ वर्षीय महेश सुनार, ३० वर्षीय बटकुमार बुढा मगर, १९ वर्षीय विनोद छिनाल, थवाङ गाउँपालिकाका-१ घर भइ हाल भूमे गाउँपालिका-२ बस्दै आएका २५ वर्षीय बालकुमार बुढा मगर रहेका छन्।
उनीहरुले जिल्ला प्रशासन कार्यालयमा आत्मसपर्मण गरेको जिल्ला प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक योगेन्द्रकुमार खड्काले जानकारी दिए।









