
काठमाडौं । फिफा विश्वकपमा स्पेनविरुद्ध चम्किएका केप भर्डेका देशका गोलकिपर जोसिमार डियास ‘भोजिन्हा’को यतिबेला विश्वभर व्यापक चर्चा भइरहेको छ ।
उनले गएराती सम्पन्न खेलमा स्पेनविरुद्ध ऐतिहासिक प्रदर्शन गर्दै आफ्नो टोलीलाई बराबरीमा रोकेर चर्चा पाएका हुन् ।
यो खेल केप भर्डेको देशका लागि विश्वकप इतिहासमै पहिलो खेल थियो र टोलीले पहिलो अंक पनि बटुल्न सफल भयो।
४० बर्षिय भोजिन्हाले विश्व विजेता दाबेदार स्पेनले हानेका ७ वटा महत्वपुर्ण बल गोल हुनबाट जोगाएका थिए । उनि खेलमा प्लेयर अफ दि म्याच पनि घोषित भए।
भोजिन्हाले आफ्नो करियर केप भर्डेका स्थानीय क्लबबाट सुरु गरेका थिए। पछि उनले एङ्गोला, मोल्डोभा, साइप्रस, स्लोभाकिया र पोर्चुगलका क्लबहरूमा खेले। ८० भन्दा बढी अन्तर्राष्ट्रिय खेल खेलिसकेका छन्।उनको देशमा उनलाई अहिले राष्ट्रिय हिरो भनेर उत्सव मनाइरहेका छन् ।
विश्व विजेता दाबेदार स्पेनलाई ऐतिहासिक बराबरीमा रोकेपछि भोजिन्हा मैदान र मिडिया सामु भावुक हुँदै आँशु झारेका थिए ।
अहिले उनलाई सामाजिकसंजालमा लाखौं ब्यक्तिहरुले फ्लो गरिरहेका छन् ।
विश्वकप खेलनु अघि करिब ४५ हजार इन्स्टाग्राम फलोअर्स भएका उनको यो समाचार तयार पार्दासम्म ५२ लाख बढिले फ्लो गरिसकेका छन् ।
फ्लोअर्स बढ्ने क्रम जारी छ। उनको चर्चा चुलिएसंगै करोडोमा फलोअर्स पुग्ने अनुमान गरिएको छ ।
मध्यमबर्गिय परिवारका उनलाई विश्वकपबाट आर्थिक रुपमा पनि ठुलै फड्को मार्ने देखिन्छ ।
उनलाई अहिले नै विश्व चर्चित फुटवल क्लव र ब्यापारिक उद्योगहरुले सम्पर्क गर्न थालिसकेका छन् ।








