
काठमाडौं । बालेन शाह नेतृत्वको सरकारले गोरखापत्र संस्थानको महाप्रबन्धकमा वरिष्ठ पत्रकार हिक्मतबहादुर रावललाई नियुक्त गरेको छ। आज बसेको मन्त्रिपरिषद्ले बैठकले रावललाई नियुक्त गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए। पत्रकार रावल झण्डै तीन दशकदेखि पत्रकारितामा सकृय छन् ।
मोफसलदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चर्चित मिडियामा काम गरिसकेका रावल कैलाली निवासी हुन् ।
उनि एभिन्युज टेलिभिजनको सुदूरपश्चिम ब्युरो प्रमुख, न्युज २४ टेलिभिजन सुदूरपश्चिम ब्युरो प्रमुख हुँदै हाल बीबीसी नेपाली सेवामा काम गर्दै आएका थिए । महाप्रबन्धकमा ३५ जनाले दिएको दरखास्तमा सबै प्रकृया पुरा गरेपछि रावललाई सरकारले नियुक्त गरेको हो ।











