प्रणय दिवसको अवसरमा वसन्त राईको ‘दुस्मन बनेछौ’ सार्वजनिक


काठमाडौं । प्रणय दिवसको विशेष अवसर पारेर संगीतकार तथा गायक वसन्त राईको नयाँ गीत दुस्मन बनेछौ को म्युजिक भिडियो सार्वजनिक भएको छ। प्रेम, भावना र सम्बन्धका उतारचढावलाई समेटेर तयार गरिएको यस गीतलाई गायक स्वयंको आधिकारिक युट्युब च्यानल राई बसन्त अफिसियल मार्फत सार्वजनिक गरिएको हो ।

गीतमा प्रेमका मीठा क्षणसँगै सम्बन्धमा आउने दूरी, पीडा र अनुभूतिलाई सशक्त शब्द, संगीत र दृश्य संयोजनमार्फत प्रस्तुत गरिएको छ।

वसन्त राई नेपाली सांगीतिक क्षेत्रमा लामो समयदेखि सक्रिय रहँदै आएका सर्जक हुन्। उनका गीतहरूमा प्रायः यथार्थपरक भावना, सरल शब्द चयन र मिठासपूर्ण धुनको समिश्रण पाइने गर्दछ। ‘दुस्मन बनेछौ’ पनि त्यही शैलीको निरन्तरता भएको बताइएको छ, जसले विशेषगरी युवा पुस्तादेखि सबै उमेर समूहका श्रोताको मन छुने अपेक्षा गरिएको छ।

प्रणय दिवस जस्तो प्रेम र समर्पणको सन्देश बोकेको दिनमा गीत सार्वजनिक गरिनुले यसको भावनात्मक सन्देश अझ प्रभावकारी बनेको संगीतप्रेमीहरूको धारणा छ।

म्युजिक भिडियोको छायांकन, सम्पादन तथा प्रस्तुतीकरण पक्ष पनि आकर्षक रहेको प्रतिक्रिया सामाजिक सञ्जालमा देखिन थालेको छ।

कलाकार राईले आफ्ना श्रोता तथा समर्थकप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि यस्तै सशक्त र स्तरीय सिर्जना ल्याउने प्रतिबद्धता जनाएका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार