उपराष्ट्रपति पुन नयाँ निवासमा, यस्तो छ उनको निवास

काठमाडौं । श्रमिक मजदूर दिवसको अवसरपारी उपराष्ट्रपति नन्दबहादुर पुन नयाँ निवासमा सरेका छन् । बधुबार दिवसको अवसरपारी गैह्रीधारामा रहेको सरकारी निवासबाट लैनचौरमा रहेको उपराष्ट्रपतिको ‘ग्रीन हाउस’मा सरेका हुन्।

उनको सचिवालयका अनुसार मन्त्रिपरिषद्को गत भदौ २१ को बैठकले समाज कल्याण परिषद्को कार्यालय रहेको भवनलाई उपराष्ट्रपतिको कार्यालय तथा निवासका लागि (उपराष्ट्रपति भवन) सञ्चालनमा ल्याउने निर्णय गरेको थियो।

वातावरणमैत्री हरियो रङले रङ्ग्याइएकाले उक्त भवनलाई ‘ग्रीन हाउस’ नामाकरण गरिएको छ। उनीबस्ने भवन मर्मत कार्य भइरहेका केही दिनपछि मात्रै सर्ने बताइएको छ ।
उनको निवास हरियो रङ र फुटबुट्टा भरेर चिटिक्क पारीएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार