महेन्द्रनगरबाट बाजुराका लागि छुटेको बस अछाममा दुर्घटना १५ घाइते ४ काे अवस्था गम्भिर

अछाम । अछाममा बस दुर्घटनामा परी १५ जना घाइते भएका छन् । घाइते मध्ये चार जनाको अवस्था गम्भिर रहेको छ । बस बुधबार विहान अछामको साफेबगर नगरपालिका  २ को झकालेमा दुर्घटना भएको हो ।

बस दुर्घटनामा परी घाइते भएकाहरुको बयालपाटा असपतालमा उपचार भइरहेको छ ।

महेन्द्रनगरबाट बाजुराका लागी छुटेको पवनदुत यातायातको ना ७ ख २५६४ नम्बरको बस दुर्घटनामा परेको हो । अर्को दिशाबाट आइरहेको बसलाई साइड दिने क्रममा बस दुर्घटना भएको हो ।

दुर्घटनामा परेको बस सडकबाट २५ मिटर तल खसेको प्रहरीले जनाएकाे छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार