अर्घाखाँची दुर्घटना अपडेट : चालकसहित ३ को मृत्यु ४ घाइते

काठमाडाैं । अर्घाखाँचीमा भएको जीप दुर्घटनामा परी मृत्यु हुनेको संख्या ३ पुगेको छ । दुर्घटनामा परी चार जनाको अवस्था गम्भिर रहेको बताइएको छ ।

कपिलवस्तुको कृष्णनगरबाट सन्धिखर्क जाँदै गरेको लु१ज १३२९ नम्बरको जीप विहिबार दिउँसो दुर्घटना भएको थियो ।

सन्धिखर्क नगरपालिका ७ सुपा देउराली मन्दिर नजिक पक्की सडकमा जीप उकालोमा गुड्न नसकेर ब्याक भएपछि ३५० मिटर तल खसेर दुर्घटना भएको हो ।

दुर्घटनामा परी मृत्यु हुनेमा जीपका चालक एवं जीपधनी सुमन्त भुसाल र रुद्रप्रसाद भुसाल रहेका छन् भने एक जनाको नाम खुलेको छैन् ।

७ जना सवार जीप दुर्घटनामा परी घाइते भएकाहरुको युनिभर्सल मेडिकल कलेज भैरहवामा उपचार भइरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार