धनगढी । विहिबार बेलुका धनगडीमा भएको शक्तिशाली बम विष्फोटमा परी धाइते भएका १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा विष्फोटमा परी गम्भिर घाइते राम सिंह रहेका छन् ।
शहीद गेटस्थित नीलम होटलमा भएको विष्फोटमा घाइते भएका सिंहको धनगढीको माया मेट्रो अस्पतालमा उपचारका क्रममा गएराति नै मृत्यु भएको हो ।
सिंहको आफैंले बोकेको बम विस्फोट हुँदा कम्मर पछाडिको भागमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ । राती नै घाइते माया मेट्रो अस्पतालले अर्को ठाउँमा लैजान सिफारिस गरेको थियो । थप उपचारका लागि बाहिर लैजाने प्रयास हुँदाहुँदै समय अभावमा उनको ज्यान गएको प्रहरीले जनाएको छ ।
मृत्क सिंह बझाङका स्थायी बासिन्दा हुन् । उनी विप्लव समूहको कार्यकर्ता भएको प्रहरी भनाइ छ । त्यसैगरी विष्फोटमा परी अन्य चार जना घाइते भएका छन् । उनीहरुको भने माया मेट्रो अस्पतालमै उपचार भइरहेको छ ।










