कोरोना संक्रमण पुष्टिपछि क्वारेन्टिनबाट टाप

सप्तरी । कोरोना संक्रमण पुष्टि भएपछि सप्तरीमा एक युवा क्वारेन्टिनबाटै भागेका छन् । जिल्लाको हनुमाननगर कंकालनी नगरपालिका -१ भारदहस्थित वीपी माविको क्वारेन्टिनमा बसेका २४ वर्षीय युवा क्वारेन्टिनबाट भागेका हुन् । उनको सोमबार पीसीआर परीक्षणको रिपोर्ट पोजेटिभ आएको थियो ।

रिपोर्ट पोजेटिभ आएपछि उनलाई छुट्टै कोठामा राखिएको केही बेरमै उनी क्वारेन्टिनबाट भागेको नगरपालिकाका स्वास्थ्य शाखा संयोजक रामदेव यादवले बताए । यादवकाअनुसार प्रहरीले ति युवाको खोजी गरिरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार