सेटिङ गरेर पैसा कमाउन मुख्यमन्त्री बनेको होइन– शेरधन राई

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आफू सेटिङ गरेर पैसा कमाउन मुख्यमन्त्री नबनेको बताएका छन् । उच्च तहका नेता तथा कर्मचारी घुस प्रकरणमा मुछिएको प्रसंग कोट्याउदै मुख्यमन्त्री राईले प्रदेश सरकारले भ्रष्टाचारप्रति शून्य सहनशीलता अपनाउने समत बताए।
सोमबार आफ्नै कार्यकक्षमा बोलाइएको आकस्मिक बैठकमा उनले भने, ‘प्रदेश कार्यालयका एकजना डिभिजन प्रमुख रङ्गेहात घुस लिँदालिँदै पक्राउ पर्छन्, यस्ता घटनामा एकपछि अर्का कर्मचारी पक्राउ पर्न नपरोस्, यसप्रति सबैलाई सचेत गराउँछु ।’
मुख्यमन्त्री राईले भ्रष्टाचारप्रती सरकार कडा रुपमा अघि बढिरहेकाले त्यही अनुरुप काम कारवाही गर्न कर्मचारीहरुलाई निर्देशन समेत दिए ।

मुख्यमन्त्री राईले राष्ट्रसेवक कर्मचारीले देश र जनताका निम्ति इमान्दार भएर काम गर्नुपर्नेमा जोड दिए ।

एक साताअघि जलस्रोत तथा सिञ्चाई विकास डिभिजन कार्यालयका प्रमुख मानबहादुर यादव १ लाख ८० हजार रुपैयाँ घुससहित पक्राउ परेपछि मुख्यमन्त्री राईको निर्देशनमा सोमबार कर्मचारीहरुको आपतकालीन बैठक बोलाइएको हो ।

बैठकमा प्रदेश सरकार महातहका माथिल्ला तहका कर्मचारी र संचारकर्मीहरुलाई बोलाइएको थियो । बैठकमा बोल्दै मुख्यमन्त्री राईले प्रदेश सरकार मातहतका कर्मचारी खुलेआम घुससहित पक्राउ पर्नुले लज्जावोध भएको बताए । यसबाट जाने सन्देशले प्रदेश सरकारलाई कमजोर बनाउने उनकाृ भनाई थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार