सहायक वन अधिकृत देवकोटाविरुद्ध भ्रष्टाचार मुद्दा

नवलपरासी । एक साहेक वन अधिकृत बिरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरिएको छ । डिभिजन वन कार्यालय, नवलपरासी (वर्दघाट सुस्ता पूर्व) का सहायक वन अधिकृत कृष्णबहादुर देवकोटाविरुद्ध विशेष अदालत काठमाडौंमा मंगलबार भ्रष्टाचार मुद्दा दायर गरिएको हो ।

नियम अनुसारनै लिलाम बिक्री सदर भएको काठको छोडपुर्जी दिने क्रममा दुई लाख रुपैयाँ घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले देवकोटासहित सोही कार्यालयका सहयोगी प्रमोदकुमार तेलीविरुद्ध मुद्दा दायर गरेको हो ।

टेण्डरको काठ उठाए बापत घुस माग्ने गरेको सूचनाका आधारमा आयोगको कार्यालय बुटवलबाट खटिएको टोलीले उनिहरुलाई पक्राउ गरेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार