
काठमाडौं । संघीय शिक्षा ऐन संसदमा पेश बाटो खुलेको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले उक्त ऐनलाई संसदमा पेश गर्न स्वीकृति दिएसँगै बाटो खुलेको हो । अब सरकारले ऐनलाई संसदमा पेश गर्ने भएको छ ।
यसका साथै आजको मन्त्रिपरिषद बैठकमा लम्पीस्किन रोगबाट पशु चौपाया गुमाउने किसानलाई राहत दिने विषमया पनि छलफल भएको छ । कृषि मन्त्रालयले राहत दिने विषय मन्त्रिपरिषदमा पेश गर्ने र त्यस अनुसार निर्णय गर्ने छलफल भएको बताइएको छ ।











