काठमाडाैं । बालुवाटार जग्गा प्रकरणको बयान दिइरहेका पूर्वनायब सुब्बा युक्तप्रसाद श्रेष्ठले आत्महत्या गरेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बयान दिइरहेका श्रेष्ठले आइतबार दिउँसो बालाजुको हिमालयन सिटी सेन्टरको आठौं तलाबाट हाम फालेर आत्महत्या गरेका हुन् ।
५७ वर्षीय श्रेष्ठ सिटी सेन्टरमा किनमेलका लागि पुगेका थिए । उनले आइतबार दिउँसो हाम फालेको प्रहरीले जनएको छ ।
बालुवाटारमा रहेको ललितानिवास परिसरको सरकारी जग्गा व्यक्तिको नाममा बनाउने कार्यमा संलग्न रहेको अभियोगमा उनीमाथि अख्तियारले बयान लिइरहेको थियो।
श्रेष्ठ २०६० सालमा मालपोत कार्यालयबाट रिटायर्ड भएका पूर्वनायब सुब्बा हुन्।
उनकाे आत्महत्याको विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।









