राष्ट्रिय सभामा सांसदको सपथ लिने १८ जना को को हुन ? (नामावलीसहित)


काठमाडौँ । राष्ट्रिय सभामा निर्वाचित १८ जना सांसदले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद मिलिल्सिनाले बुधबार बिहान संसद भवनको ल्होत्से हलमा उनिहरुलाई पद तथा गोपनीयताको शपथ खुवाएका हुन् ।

राष्ट्रिय सभामा प्रतिनिधीत्व गर्ने १९ जना सांसदको दुई वर्षे कार्यकाल गएराती सकिएपछि बुधबार १८ जना सांसदले शपथ ग्रहण गरेका हुन् ।

उनिहरु माघ ९ गते सम्पन्न राष्ट्रय सभाको उपचुनावमा निर्वाचित भएर आएका हुन् । अब उनिहरुको सांसदको कार्यकाल ६ वर्षको हुनेछ ।
एकजना सासदलाई राष्ट्रपतिबाट मनोनीत गरिनेछ । यसबारे टुंगो लागेको छैन ।

१८ जना नयाँ सांसदमा सत्तारुढ नेकपाका १६ र राजपाका २ जना रहेका छन् ।
जसमध्ये ७ महिला, २ दलित, २ अपागंता भएका वा अल्पसंख्यक र ७ जना अन्य समूहबाट निर्वाचित भएका छन्।

नामावली हेर्नुहोस :
-नारायणकाजी श्रेष्ठ

-वेदुराम भुसाल

-मृगेन्द्रकुमार सिंह यादव

-गंगाकुमारी बेल्बासे

-गोपीबहादुर सार्की अच्छामी

-देवेन्द्र दाहाल

-राधेश्याम पासवान

-तारामान स्वाँर

-इन्दिरादेवी गौतम

-तुलसाकुमारी दाहाल

-भगवती न्यौपाने

-सुमित्रा विसी

-गोपाल भट्टराई

-मायाप्रसाद शर्मा

-शारदादेवी भट्ट

-विमला घिमिरे

-जगप्रसाद शर्मा

-शेखरकुमार सिह

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार