
काठमाडौं । नेपाल भारत पेट्रोलियम पाइपलाइनको संयुक्त उद्घाटन भएको छ । मंगलबार दुबै देशका प्रधानमन्त्रीले पाइपलाइनको स्वीच थिचेर उद्घाटन गरेका हुन ।
नेपालका प्रधानमन्त्री केपी ओलीले सिंहदरबार र भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीले दिल्लीबाट स्वीच थिचेर उदघाटन गरेका थिए । उदघाटन कार्यक्रमका लागि दुवै देशका प्रधानमन्त्री र मन्त्रीहरुले भिडियो कन्फ्रेन्स समेत गरेका छन् ।
भारतिय प्रधानमन्त्री मोदीले नेपालको प्राथमिकताअनुसार विकासमा सदैव सहयोग गर्ने प्रतिवद्धता गरेका छन् । भिडियो कन्फ्रेन्समार्फत उनले दुबै देशको हितमा आगामी दिनमा पनि विकासका कामहरु गरिने बताए ।

नेपाल भारत पेट्रोलियम पाइपलाइनको काम सोंचे भन्दा पहिलनै सम्पन्न भएकामा उनले सबैलाई बधाई दिदै खुशी व्यक्त गरे ।
संवोधनमा उनले नेपालमा भुकम्प आएको बेला पनि भारतकोतर्फबाट एक छिमेकीको नाताले सहयोग गरेको र नेपालका प्रधानमन्त्रीसँग आफ्नो चार पटक भेटवार्ता भएको स्मरण पनि गरे ।
दुबै देशका प्रधानमन्त्री र मन्त्रीबीत्र भएको भिडियो कुराकानीमा प्रधानमन्त्री ओलीले नेपाल भ्रमणका लागि मोदीलाई दिएको निम्तो उनले स्वीकार गर्दै छिट्टै नेपाल भ्रमणमा आउने बताए ।










