
काठमाडौं । उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव बुधबार अमेरिका जादै छन् । अमेरिकामा हुन लागेको संयुक्त राष्ट्रसंघको महासभामा ‘स्वास्थ्यको लागि सर्वव्यापी पहुँच सम्बन्धी उच्चस्तरी बैठक’मा भाग लिन मन्त्री यादव अमेरिका जाने लागेका हुन् ।
बैठक अमेरिकाको न्यूयोर्कमा आगामी असोज ५ र ६ गते हुने छ । बैठकमा भाग लिन मन्त्री यादव सहित तीन सदसीय टाेली रहेको छ ।
स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा मन्त्री यादवको भ्रमणले सदस्य राष्ट्रहरुमा स्वास्थ्यको सर्वव्यापी पहुँच सुनिश्चित गर्नका लागि राजनीतिक तथा आर्थिक प्रतिवद्धता वृद्धि गर्न तथा स्वास्थ्यमा दीगो लगानी सुनिश्चित गर्न सहयोग पुग्ने आशा कुरा उल्लेख गरिएको छ ।













