काठमाडौं । खाना पकाउने एलपी ग्यासको मूल्य घटेको छ । नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागू हुनेगरी मूल्य घटाएको हाे ।
त्यसैगरी निगमले हवाई इन्धनको मूल्य पनि मूल्य घटाएको छ । अन्तर्राष्ट्रिय उडानतर्फको हवाई इन्धनमा प्रतिकिलोलिटर ५० अमेरिकी डलर र ग्यासमा प्रतिसिलिण्डर रु २५ रुपैंया घटाएको हो ।
मूल्य घटेपछि अन्तर्राष्ट्रिय उडानतर्फको हवाई इन्धनको मूल्य प्रतिकिलोलिटर एक हजार अमेरिकी डलर भएको छ भने खाने पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर रु एक हजार ३५० कायम भएको छ ।
निगमले पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य केही घटेकोले आफुले पनि घटाएको बताएको छ ।
चाडपर्वको बेला पेट्रोलियम पदार्थको मूल्य घटाएकोमा नेपाली भने खुसि भएका छन् ।










