अपडेटः पाकिस्तानमा गएको भुकम्पमा परी मर्नेको संख्या २२ पुग्यो, ३०० बढि घाइते, उद्धार कार्य जारि

पाकिस्तान ।  पाकिस्तानमा गएको भुकम्पमा परी मर्नेको संख्याको २२ पुगेको छ भने ३ सय भन्दाबढि घाइते भएका छन् । मंगलबार स्थानिय समयअनुसार साँझ पौने ५ बजे पाकिस्तानको पञ्जाब प्रान्तको झेलम शहरलाई केन्द्रविन्दु बनाएर ५.८ म्याग्नेच्युडको भूकम्प गएको थियो ।

स्थानिय संचारमाध्यमका अनुसार भुकम्पमा परी पाकिस्तान नियन्त्रित कश्मीरमा मात्रै २२ जनाको मृत्यु भएको छ । अद्यपी यसको पाकिस्तानी सरकारले पुष्टी गरेको छैन ।

कश्मीर मीरपुरका डीआईजी गुलफ़राज़ ख़ानका अनुसार भुकम्पमा परी अहिलेसम्म २२ जनाको मृत्यु हनका साथै ३ सय बढि घाइते भएका छन् ।

भुकम्पको झट्का पाकिस्तान प्रशासित कश्मीरका साथै राजधानी इस्लामाबाद, लाहौर, पेशावर लगायत अन्य शहरमा पुगेको थियो । भुकम्पको झट्काका कारण कश्मीरमा २५० भन्दा बढि घरहरुमा क्षतीग्रस्त भएका छन् ।

राहात कार्य जारि
बिबिसिका अनुसार भुकम्प प्रभावित क्षेत्रमा सेना, प्रहरी लगायत उद्धार टोली खटिएका छन् । प्रभावित ब्यक्तीहरुलाई सुरक्षित स्थानतर्फ सारिएको छ भने घाइतेहरुको उद्धार गरी स्थानिय अस्पतालहरुमा उपचार भइरहेको छ ।
प्रभावितहरुलाई सुरक्षाकर्मीले आवश्यक खाद्यान्न, लत्तापकडा र अस्थायी आवासको बन्दोबस्त गरिदैछ ।

भुकम्पले दिल्ली हल्लियो
पाकिस्तानमा गएको भुकम्पले भारतको दिल्ली समेत हल्लिएको छ । दिल्लीका विभिन्न ठाँउमा भुकम्पको झटेका महसुश गरिएको छ । भुकम्पको झट्का राम्रैगरी महसुश गरिए पनि क्षति भएको खबर अहिलेसम्म कतैबाट पनि नआएको भारतिय संचारमाध्यमहरुले उल्लेख गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार