विप्लव नेकपाका नेता तथा पूर्वराज्यमन्त्री जेल चलान


काठमाडौँ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का एक ठुलै नेता जेल चलान भएका छन् ।
विप्लवका उपत्यका ब्यूरो इन्चार्ज तथा पूर्वराज्यमन्त्री हितमान भनिने नविन विश्वकर्मा पूर्पक्षका लागि जेल चलान भएका हुन ।
विश्वकर्माविरुद्ध कर्तव्य ज्यान, राज्य विरुद्धको अपराध, ज्यान मार्ने उद्योगमा मुद्दा चलाएको छ ।

उक्त मुद्धा उपर सुनुवाइ गर्दै जिल्ला अदालत ललितपुरले विश्वकर्मालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो । उनलाई नख्खु कारागार पठाइएको ललितपुर प्रहरीले जनाएको छ ।

गत फागुन १० गते ललितपुरको नख्खुस्थित एनसेल कार्यालय अगाडि बम विस्फोट गराएको आरोपमा नेता विश्वकर्मालाई पक्राउ गरी मुद्धा चलाइएको थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार