कृषि विकास बैंक लुट्ने थप ३ जना ६९ लाख रुपैयासहित पक्राउ

काठमाडौँ । कृषि विकास बैंक लुट्ने समुहका थप ३ जना ६९ लाख रुपैयासहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा मालतीदेवी न्यौपाने भट्टराई , गणेश बस्याल र यज्ञराज भट्ट रहेको महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले जानकारी दिए ।

उनका अनुसार तीनैजनालाई शुक्रबार प्रहरीले फरक फरक ठाउँबाट पक्राउ गरेको हो ।न्यौपाने र बस्याललाई २४ लाख रकमसहित पर्वतबाट पक्राउ गरिएके हो भने भट्टलाई ४५ लाख रुपैयाँसहित महेन्द्रनगरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

कृषि विकास बैक लहान शाखाबाट करोडौं रुपैया चोरी गर्ने १२ जनालाई यसअघि नै पक्राउ गरी सार्वजनिक गरिसकिएको छ । लुटेराहरुले लहान शाखाबाट  ४ करोड ७३ लाख १६ हजार र पानस रेमिट नयाँ बानेश्वरबाट १२ लाख रुपैयाँ लुटेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार